हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरो, १० जना बेपत्ता

1.4k Shares

मनाङको हिमलुङ हिमाल आधार शिविर क्षेत्रमा हिमपहिरो गएको छ। हिमपहिरोमा परी १० जना बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रतिकूल मौसम र हिमपातका कारण हिमलुङ क्षेत्रमा उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको बताइएको छ। घटनापछि सम्बन्धित निकायले बेपत्ताको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने प्रयास गरिरहेका छन्।

पछिल्लो समय हिमाली तथा उच्च पहाडी क्षेत्रमा लगातार वर्षा र हिमपात भइरहेकाले पर्वतारोहण तथा पदयात्रामा जोखिम बढेको छ। मौसम प्रतिकूल रहेकाले उच्च हिमाली क्षेत्रमा रहेका आरोही तथा पर्यटकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार