काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो। प्रहरी स्रोतले जबरा पक्राउ परेको पुष्टि गरेको छ।
जबराविरुद्ध २०७८ फागुन १ गते तत्कालीन प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका थिए।
जबरालाई २०७५ पुस १७ गते प्रधानन्यायाधीश नियुक्त गरिएको थियो। उनी सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा कार्यरत रहँदा विभिन्न विवादमा तानिएका थिए।
आइतबार बिहान ६ः१० बजे प्रकाशित शिलापत्रको प्रारम्भिक समाचारअनुसार जबरा पक्राउ पर्नुको विस्तृत कारण तथा उनलाई कहाँ राखिएको छ भन्ने सम्बन्धमा थप विवरण आउन बाँकी छ।