सुस्तामा नारायणीको बाढी पस्दा १५० भन्दा बढी घरपरिवार जोखिममा

1.1k Shares

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सुस्ता क्षेत्रमा नारायणी नदीको बाढी बस्तीमा पसेपछि १५० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्।

नदीमा पानीको बहाव बढेसँगै सुस्ताका विभिन्न बस्तीमा बाढी पस्न थालेको हो। बाढीका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ भने घर तथा भौतिक संरचनामा समेत क्षति पुग्ने जोखिम बढेको छ।

स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले बाढीको अवस्था निगरानी गरिरहेका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने तयारीसमेत भइरहेको छ।

लगातारको वर्षा र नदीमा पानीको सतह बढिरहेकाले सुस्ता क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ।

 
 
 
सम्बन्धित समाचार