कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक पुग्यो

1.1k Shares

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघेको छ। पानीको सतह बढेसँगै ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।

पानीको बहाव निरन्तर बढिरहेका कारण कोशी नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ। सम्बन्धित निकायले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक निगरानी र तयारी बढाएका छन्।

 
 
 
सम्बन्धित समाचार