देशका धेरै ठाउँमा भारी वर्षा, राजमार्गदेखि नदीसम्म जोखिम

1.4k Shares

काठमाडौं । मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। निरन्तरको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खस्दा प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ। उक्त प्रणाली उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले आगामी तीन दिन देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ।

सम्बन्धित समाचार