1.1k
Shares
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित टाइमलाइन स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ चार दिनदेखि सम्पर्कविहीन भएका छन्।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडालका अनुसार श्रेष्ठ आइतबार बिहान ६ः२० बजे स्कुल जान्छु भनेर घरबाट निस्किएका थिए। त्यसपछि उनी परिवार र विद्यालयको सम्पर्कमा आएका छैनन्।
आइतबार विद्यालयमा बिहानको सत्रमा पढाइ भइरहेको थियो। विद्यार्थी विद्यालय जाने भन्दै घरबाट निस्किए पनि विद्यालय नपुगेको जनाइएको छ।
श्रेष्ठको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालय काँडाघारीमा निवेदन दिएका छन्। प्रहरीले उनको खोजतलास अघि बढाइरहेको जनाइएको छ।