काठमाडौँ । काठमाडौँको ऐतिहासिक बसन्तपुरमा सामूहिक कुमारी पूजा आयोजना गरिएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार विभिन्न स्थानबाट आएका कुमारीहरूको उपस्थितिमा पूजा गरिएको हो।
पूजामा कुमारीहरूलाई विधिपूर्वक पूजा गर्नुका साथै प्रसाद तथा दक्षिणा प्रदान गरिएको थियो। कार्यक्रममा भक्तजन तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा निरन्तरताका लागि आयोजना गरिएको सामूहिक कुमारी पूजाले बसन्तपुर क्षेत्रमा धार्मिक वातावरणसमेत सिर्जना गरेको थियो।
पूजाका क्रममा कुमारीहरूको दर्शन तथा आशीर्वाद लिन सर्वसाधारणको भीड लागेको थियो।