छातीमा समस्या भएपछि गृहमन्त्री गुरुङ राष्ट्रिय ट्रमा सेन्टरमा

1k Shares

काठमाडौं । छातीमा समस्या देखिएपछि गृहमन्त्री गुरुङ स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्।

अचानक छातीमा असहज महसुस भएपछि उनी चिकित्सकीय परीक्षण तथा स्वास्थ्य अवस्थाको जाँचका लागि ट्रमा सेन्टर पुगेका हुन्। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था परीक्षण गरिरहेका छन्।

गृहमन्त्री गुरुङको स्वास्थ्य अवस्थाबारे थप विवरण परीक्षणपछि सार्वजनिक हुने बताइएको छ।

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा आकस्मिक तथा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्ने प्रमुख सरकारी अस्पतालका रूपमा रहेको छ। पछिल्लो समय विभिन्न दुर्घटना तथा विपद्का घटनामा घाइते भएकाहरूलाई समेत यहाँ उपचारका लागि ल्याइँदै आएको छ।

सम्बन्धित समाचार