806
Shares
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक चालकले बसमा आगो लगाएको घटना भएको छ। सोमबार भएको घटनापछि केही समय त्रिपुरेश्वर क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो।
प्राप्त विवरणअनुसार चालकले बसभित्रै आगो लगाएपछि बसमा आगलागी भएको हो। घटनापछि सुरक्षाकर्मी तथा दमकलको टोली परिचालन गरिएको थियो।
आगलागीबाट बसमा क्षति पुगेको छ। घटनाको कारण तथा चालकले बसमा आगो लगाउनुको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीले घटनामा संलग्न चालकबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। आगलागीबाट मानवीय क्षति भए–नभएको तथा बसमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।
घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।