‘जसलाई देखेर कलाकार बन्ने रहर जाग्यो, उनैको भित्री आत्मा खोज्दैछु’

904 Shares

काठमाडौं । अभिनेता महेश त्रिपाठीले आफूलाई कलाकार बन्न प्रेरित गर्ने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भूमिका निर्वाह गर्न पाउँदा निकै चुनौतीपूर्ण र विशेष अनुभव भइरहेको बताएका छन्। उनी मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित फिल्म ‘म मादनकृष्ण’ मा उनको भूमिका निभाइरहेका छन्।x

त्रिपाठीका अनुसार मदनकृष्ण श्रेष्ठलाई आफूले लामो समयदेखि आदर्श कलाकारका रूपमा हेर्दै आएका थिए। उनै कलाकारको चरित्र पर्दामा प्रस्तुत गर्ने अवसर पाउनु आफ्ना लागि ठूलो जिम्मेवारी भएको उनको भनाइ छ। 

उनले मदनकृष्णको बाहिरी हाउभाउ र बोल्ने शैली मात्र नक्कल गर्नेभन्दा पनि उनको व्यक्तित्व, सोच, भावना र जीवन भोगाइलाई बुझेर चरित्रमा उतार्ने प्रयास गरिरहेको बताएका छन्। त्यसका लागि आफूले उनको जीवन र स्वभावलाई नजिकबाट बुझ्ने प्रयास गरिरहेको उनको भनाइ छ।

त्रिपाठीले आफूलाई कलाकार बन्न प्रेरित गर्ने व्यक्तिकै चरित्र निर्वाह गर्नुपर्ने भएकाले यो भूमिका अन्य भूमिकाभन्दा फरक र संवेदनशील रहेको बताएका छन्। उनका लागि मदनकृष्ण श्रेष्ठको चरित्र पर्दामा प्रस्तुत गर्नु केवल अभिनयको अवसर नभई आफूलाई प्रेरणा दिने कलाकारप्रतिको सम्मानसमेत हो। 

यसअघि ‘झिँगेदाउ २’ मा गरेको अभिनयबाट पनि चर्चा पाएका त्रिपाठी अहिले ‘म मादनकृष्ण’ मार्फत फरक किसिमको चरित्रमा देखिन लागेका छन्। फिल्ममा मदनकृष्ण श्रेष्ठको जीवन, कला यात्रा र व्यक्तित्वलाई केन्द्रमा राखिएको छ। 

 
सम्बन्धित समाचार