रसुवाको बाढीबाट सिक्नुपर्ने पाठ : सिक्किमदेखि कश्मीरसम्मका विपद्बाट नेपालले के सिक्ने ?

1.1k Shares

काठमाडौं । रसुवामा पछिल्लो समय देखिएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक जोखिम र विपद् व्यवस्थापनको तयारीबारे गम्भीर प्रश्न उठाएको छ। भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले जनधनसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि यस्ता घटनाबाट भविष्यका लागि पाठ सिक्नुपर्ने आवश्यकता देखिएको छ

रसुवाको घटनालाई सामान्य मनसुनी बाढीका रूपमा मात्र बुझ्न नहुने विज्ञहरूको भनाइ छ। प्रारम्भिक अध्ययनअनुसार उच्च हिमाली क्षेत्रमा बरफ र चट्टान खस्ने, हिमनदी तथा पहाडी भू–भाग अस्थिर हुने र त्यसबाट नदी प्रणालीमा एकैपटक ठूलो परिमाणमा पानी, ढुंगा तथा माटो मिसिनेजस्ता प्रक्रियाले विपद्को रूप लिन सक्छ। यसको वास्तविक कारणबारे भने विस्तृत वैज्ञानिक अध्ययन आवश्यक रहेको सरकारले जनाएको छ। 

हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदीमा भइरहेको परिवर्तन, हिमतालको अवस्था तथा पहाडी ढलानको अस्थिरताले जोखिमको पृष्ठभूमि परिवर्तन गरिरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। त्यसैले नदीमा बाढी आएपछि मात्रै जोखिम खोज्नेभन्दा नदीको मुहानदेखि हिमनदी, हिमताल र पहाडी ढलानसम्मको समग्र अवस्थाको नियमित निगरानी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

सम्बन्धित समाचार