1.1k
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले वृद्धि भएको हो।
बढेको मूल्यअनुसार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ६८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढाव तथा त्यसको प्रभाव नेपाली बजारमा पर्दै आएको छ। पछिल्लो समय सुनको मूल्यमा निरन्तर परिवर्तन भइरहेकाले बजारमा कारोबार गर्ने उपभोक्ता र व्यवसायी दुवै प्रभावित हुँदै आएका छन्।