पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

820 Shares

काठमाडौं । पोखरा विश्वविद्यालयले विभिन्न संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले चारवटा संकायमा डिन नियुक्त गर्न इच्छुक योग्य उम्मेदवारबाट आवेदन मागेको हो।

विश्वविद्यालयले खुला प्रतिस्पर्धामार्फत योग्य तथा सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउने उद्देश्यले आवेदन आह्वान गरेको जनाएको छ। डिन छनोट गर्दा उम्मेदवारको शैक्षिक योग्यता, अनुभवसँगै संकायको विकासका लागि प्रस्तुत गर्ने रणनीतिक योजना लगायतका विषयलाई आधार बनाइने बताइएको छ।

आवेदन दिन इच्छुक उम्मेदवारले विश्वविद्यालयले तोकेको मापदण्ड पूरा गरी निर्धारित समयभित्र आवेदन पेस गर्नुपर्नेछ। डिन पदका लागि आवश्यक योग्यता, अनुभव, आवेदन प्रक्रिया तथा अन्य विवरण विश्वविद्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ।

विश्वविद्यालयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट डिन नियुक्त गर्दा शैक्षिक नेतृत्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार