जेलभित्रको यातना र सङ्घर्षको अनुभव सुनाउँदै नोबेल विजेता नर्गेस मोहम्मदी

736 Shares

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता इरानी मानवअधिकार अभियन्ता नर्गेस मोहम्मदीले आफूले जेलमा भोगेको यातना र सङ्घर्षका अनुभव सार्वजनिक गरेकी छन्। उनले इरानको एभिन जेलमा बिताएका कठिन दिन तथा मानवअधिकारका लागि गरेको संघर्षबारे आफ्नो अनुभव साझा गरेकी हुन्।

मोहम्मदीले आफ्नो पुस्तक ‘अ वुमन नेभर स्टप्स फाइटिङ’ मार्फत जेल जीवनका विभिन्न अनुभव समेटेकी छन्। पुस्तकमा हिरासतका क्रममा आफूले भोगेको यातना, मानसिक तथा शारीरिक कठिनाइ र निरन्तरको संघर्षबारे उल्लेख गरिएको छ।

मानवअधिकारको पक्षमा आवाज उठाउँदै आएकी मोहम्मदीले इरानमा महिला अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा मानवअधिकारका विषयमा लामो समयदेखि अभियान सञ्चालन गर्दै आएकी छन्। उनको संघर्षका कारण पटक–पटक पक्राउ तथा कारावास भोग्नुपरेको विवरण सार्वजनिक भएका छन्।

उनले जेलभित्रका कठिन परिस्थितिका बाबजुद आफ्नो अभियान र आवाजलाई निरन्तरता दिएको बताएकी छन्। उनका अनुभवले जेल जीवन, महिला अधिकार र मानवअधिकारका विषयमा बहसलाई थप उजागर गरेको छ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार