देशभर मनाइँदै विश्वकर्मा पूजा, औजार र सवारीसाधनको पूजाआजा

939 Shares

काठमाडौँ । आज देशभर भगवान् विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा मनाइँदैछ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यस पर्वमा सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजाआजा गर्ने परम्परा छ ।

विशेषगरी कालिगड तथा उद्योग–कलकारखानामा काम गर्ने श्रमिकहरूले आफ्ना फलामे औजार, मेसिन तथा उपकरणको पूजा गरी विश्वकर्मा पूजा मनाउने गर्छन् । सवारीधनीहरूले समेत आफ्ना सवारीसाधन सफा गरी पूजा गर्ने गरेका छन् ।

धार्मिक मान्यताअनुसार समुद्र मन्थनबाट भगवान् विश्वकर्मा प्रकट भएको विश्वास गरिन्छ । औजार, धातुजन्य उपकरण तथा सवारीसाधनको पूजा गरेमा चोटपटक तथा दुर्घटनाबाट जोगिने जनविश्वास छ ।

विश्वकर्मासँग जोडिएको अर्को धार्मिक किंवदन्तीमा द्वापरयुगमा भगवान् कृष्णको आग्रहमा विश्वकर्माले समुद्रको बीचमा द्वार निर्माण गरी कृष्णलाई विभिन्न राक्षसबाट संरक्षण गरेको उल्लेख छ । यही विश्वास र परम्परासँग जोडिएर विश्वकर्मा पूजा मनाउने चलन रहेको बताइन्छ ।

विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा समेत विशेष चहलपहल देखिएको छ । भद्रकाली, मैतीदेवी तथा ललितपुरको महालक्ष्मी मन्दिरलगायत स्थानमा सवारीसाधनको पूजाआजा गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।

विश्वकर्मा पूजाले श्रम, सीप, औजार तथा प्रविधिसँग जोडिएका पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूका लागि विशेष सांस्कृतिक महत्व राख्दै आएको छ ।

12_94.jpg6_187.jpg4_272.jpg

सम्बन्धित समाचार