दलहरूको आग्रह–रसुवा बाढीको नामकरण गर्न सरकारलाई अनुरोध गर्ने

1.8k Shares

काठमाडौं । विभिन्न राजनीतिक दलहरूले चीनको तिब्बतबाट उत्पत्ति भएर आएको भोटेकोशी नदीमा आएको बाढीलाई उचित नाम दिन सरकारलाई आग्रह गर्ने निर्णय गरेका छन्। सर्वदलीय छलफलका क्रममा बाढीको पहिचान र अभिलेखीकरणका लागि नामकरण आवश्यक रहेको विषय उठेको हो।

बैठकमा रसुवामा आएको बाढीले ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्‍याएको विषयमा पनि छलफल भएको थियो। बाढीको कारण, प्रभाव र त्यसबाट भएको क्षतिको व्यवस्थित अभिलेख राख्नुपर्नेमा दलहरूले जोड दिएका छन्।

भोटेकोशीमा आएको बाढीको उत्पत्तिसहित घटनाको पहिचान स्पष्ट हुने गरी नामकरण गर्न सरकारसमक्ष आग्रह गर्ने सहमति भएको बताइएको छ। यससँगै प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्निर्माणका विषयमा पनि छलफल भएको थियो।

दलहरूले विपद्का यस्ता घटनामा सरकार, राजनीतिक दल तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्। बैठकले प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै आगामी दिनमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिएको छ।

 
 
 
सम्बन्धित समाचार