काठमाडौं । पूर्वराजदूत हिरण्यलाल मास्केले नेपालमा विपद् व्यवस्थापनका लागि छिमेकी मुलुक चीन र भारतबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनले प्राकृतिक विपद्का बेला उद्धार, राहत तथा पुनर्स्थापनाका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन र भारतजस्ता छिमेकी मुलुकसँग समन्वय बढाउनुपर्नेमा जोड दिएका छन्।
मास्केका अनुसार नेपालले विपद् व्यवस्थापनलाई केवल तत्कालीन उद्धार र राहतमा सीमित नराखी पूर्वतयारी, प्रविधि, स्रोतसाधन तथा अन्तरदेशीय समन्वयलाई समेत प्राथमिकतामा राख्न आवश्यक छ।
उनले पछिल्ला विपद्का घटनाबाट पाठ सिक्दै भविष्यमा यस्ता संकटको सामना गर्न नेपालले प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। विशेषगरी नेपाल, चीन र भारतबीच विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्न सके त्यसबाट संकटका बेला ठूलो सहयोग पुग्ने उनको भनाइ छ।