1k
Shares
मकवानपुरको कृष्णभीरमा पहिरो खस्दा हेटौंडा–काठमाडौं सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
पहिरोका कारण सडकमा माटो तथा ढुंगा खसेपछि दुवैतर्फ सवारीसाधनको आवागमन प्रभावित भएको हो। सडकमा सवारीसाधनको चाप बढेसँगै जामसमेत भएको छ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ। वर्षा भइरहेका कारण उक्त क्षेत्रमा थप पहिरोको जोखिम रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।