लोमान्थाङमा लगातार ७ पटक भूकम्पको धक्का, स्थानीय त्रसित
946
Shares
मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भूकम्पका धक्का महसुस भएका छन्। बुधबार बिहान छोटो अवधिमा पटक–पटक भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।
स्थानीयका अनुसार लोमान्थाङ आसपासमा ७ पटकसम्म भूकम्पको धक्का महसुस भएको थियो। लगातार धक्का आएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए।
भूकम्पका कारण कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको विवरण भने तत्काल सार्वजनिक भएको छैन। घटनाबारे थप विवरण तथा भूकम्पको केन्द्रबिन्दु र परिमाणसम्बन्धी जानकारी आउन बाँकी रहेको छ।
लगातार धक्का महसुस भएपछि स्थानीयवासीमा थप भूकम्प आउन सक्ने भन्दै त्रास बढेको छ। सम्बन्धित निकायले अवस्थाबारे निगरानी गरिरहेको जनाइएको छ।