काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपालको रसुवा क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।
रसुवा क्षेत्रमा पछिल्लो समय देखिएको प्राकृतिक विपद्को जोखिम तथा उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै अमेरिकी सरकारले यस्तो यात्रा सुझाव जारी गरेको हो। अमेरिकी नागरिकलाई रसुवा क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।
अमेरिकी सरकारले नेपालमा रहँदा स्थानीय सुरक्षा निर्देशन पालना गर्न, जोखिमयुक्त क्षेत्रमा नजान र परिस्थितिबारे नियमित जानकारी लिन आफ्ना नागरिकलाई सुझाव दिएको छ।
विशेषगरी विपद्का कारण सडक तथा यातायातमा अवरोध हुन सक्ने, उद्धार तथा आपत्कालीन सेवामा कठिनाइ आउन सक्ने भएकाले रसुवा क्षेत्रमा यात्रा गर्दा थप सावधानी अपनाउन भनिएको छ।