बाढीपीडितको राहतका लागि तपोवनको १५ लाख ५१ हजार सहयोग

1.3k Shares

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि तपोवनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

तपोवनका प्रतिनिधिहरूले प्रधानमन्त्री राहत कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम बाढी तथा पहिरो प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ ।

प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको सहयोगका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट राहत रकम उपलब्ध गराउने क्रम जारी छ । तपोवनले पनि विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

 
 
 
सम्बन्धित समाचार