नाउ नदीमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्दै, चिनियाँ कम्पनीलाई ठेक्का

1k Shares

रुपन्देहीको तिनाउ नदीमाथि करिब २६६ मिटर लामो अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण हुने भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डमा बन्ने पुलका लागि सडक विभागले करिब २ अर्ब रुपैयाँ लागत अनुमान गरेको थियो। निर्माण कम्पनीहरूले भने अनुमानभन्दा कम रकममा प्रस्ताव पेश गरेका छन्।

अन्तर्राष्ट्रिय बोलपत्रमा ६ वटा चिनियाँ कम्पनी तथा संयुक्त उपक्रम (जेभी) सहभागी भएका छन्। प्राविधिक मूल्यांकन सकिएपछि अहिले आर्थिक प्रस्तावको मूल्यांकन अन्तिम चरणमा पुगेको छ। विश्व बैंकको सहमति लिएर ठेक्का सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको छ।

हाल सञ्चालनमा रहेको पुरानो तिनाउ पुललाई यथावत् राख्दै त्यसको उत्तर र दक्षिणतर्फ दुई–दुई लेनका दुई नयाँ पुल निर्माण गर्ने योजना छ। नयाँ पुल आधुनिक, आकर्षक र कलात्मक डिजाइनमा निर्माण गरिनेछ।

निर्माण सम्झौता भएपछि पुलको विस्तृत डिजाइन तयार गर्न करिब ७ महिना र निर्माण सम्पन्न गर्न करिब ३ वर्ष लाग्ने लक्ष्य राखिएको छ। पुललाई यातायात सहज बनाउने संरचनाका साथै बुटवल–तिनाउ क्षेत्रको पर्यटकीय आकर्षणका रूपमा समेत विकास गर्ने योजना छ।

हालको तिनाउ पुल २०३८ सालमा निर्माण भएको हो। पुल साँघुरो हुँदै गएको र बुटवल क्षेत्रमा सवारी चाप बढ्दै गएपछि नयाँ पुल निर्माणलाई आवश्यक मानिएको हो।

 
 
 
सम्बन्धित समाचार