भोटेकोशी बाढी : नवौँ दिनसम्म एक हजार २९३ शव भेटिए

1.6k Shares

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नवौँ दिनसम्म एक हजार २९३ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार अपराह्नसम्म विभिन्न जिल्लामा शव भेटिएका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा १९४ शव भेटिएका छन् । भारतमा भेटिएका तथा नवलपरासी पश्चिममा बुझाइएका १८ शवसमेत गरी कुल संख्या एक हजार २९३ पुगेको हो ।

Screenshot 2026-09-04 181427.png

बाढीमा घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको मृत्यु टिचिङ अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको हो ।

एक हजार ३० शव व्यवस्थापन

प्रहरीका अनुसार पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३० शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमध्ये २२२ महिला, ३५५ पुरुष र ४५३ जनाको लिङ्ग नखुलेको विवरण छ ।

शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी दुई हजार १०६ वटा डीएनए नमुना सङ्कलन गरिएको छ । पहिचान नभएका एक हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिएका छन् ।

चार हजार ८९८ जना अझै बेपत्ता

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रहरीले अझै चार हजार ८९८ जना बेपत्ता रहेको जनाएको छ ।

विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार ६५५ जनालाई राखिएको छ । प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, स्थानीयवासी तथा विभिन्न निकायसँग समन्वय गरी उद्धार र खोजी गर्ने तथा अवरुद्ध सडक खुलाउने काम जारी राखेको जनाएको छ ।

सम्बन्धित समाचार