परिवारको गुजाराका लागि कञ्चनपुरबाट रसुवा पुगेका एकै परिवारका तीन जना बेपत्ता
1.4k
Shares
रसुवा । परिवारको जीविकोपार्जनका लागि कञ्चनपुरबाट रसुवा पुगेका एकै परिवारका तीन जना बाढीमा परी बेपत्ता भएका छन्। रसुवामा काम गर्ने क्रममा आएको बाढीले उनीहरूलाई बगाएको हो।
बेपत्ता हुनेमा कृष्ण राना, उनका काका र काकाका छोरा रहेको बताइएको छ। उनीहरू रोजगारीका लागि रसुवा पुगेका थिए। अचानक आएको बाढीपछि उनीहरूको अवस्था अज्ञात बनेको हो।
तीनै जना बेपत्ता भएपछि कञ्चनपुरमा रहेका परिवारजन चिन्तित बनेका छन्। परिवारमा बिरामी श्रीमती तथा छोरीसमेत रहेकाले घटनाले थप पीडा र संकट निम्त्याएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको छ।