भूकम्पले बास खोस्यो, बाढीले सहारा

1k Shares

रसुवा । भूकम्पले घरबारविहीन बनाएको रसुवाको सानो भार्खुका बासिन्दालाई पुनः बाढीपहिरोले थप पीडा दिएको छ। भूकम्पबाट क्षति पुगेका घर तथा संरचना पुनर्निर्माणको चरणमा रहेका बेला आएको बाढीपहिरोले स्थानीयको आश्रयसमेत खोसेको छ।

प्राकृतिक विपद्को दोहोरो मारमा परेका स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ। बाढीका कारण कतिपय परिवार सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् भने एक परिवारले छोरासमेत गुमाएको घटनाले गाउँमा थप शोक छाएको छ।

भूकम्पपछि बल्लतल्ल जीवन सामान्य बनाउने प्रयास गरिरहेका स्थानीयलाई फेरि आएको विपद्ले घर, सम्पत्ति र सुरक्षित बसोबासको आधारसमेत गुमाउन बाध्य बनाएको छ। प्रभावित परिवारले तत्काल राहत, सुरक्षित आवास र पुनर्स्थापनाको माग गरेका छन्।

सम्बन्धित समाचार