सङ्खुवासभामा गोली प्रहार गरी शिक्षकको हत्या

1.2k Shares

सङ्खुवासभामा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ। जिल्लाको एक स्थानमा शिक्षक नरुकबिर खम्बु राईमाथि भरुवा बन्दुकबाट गोली प्रहार भएको र घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। हत्या कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण तथा संलग्न व्यक्तिबारे थप विवरण संकलन गर्ने काम भइरहेको छ।

 
 
 
सम्बन्धित समाचार