कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि घुइँचो

1.3k Shares

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

यस अवसरमा मन्दिरमा विशेष मेला लाग्ने गर्छ। भक्तजनहरू भगवान् श्रीकृष्णको दर्शन तथा पूजाआराधनाका लागि मन्दिर पुगिरहेका छन्। धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको हो। त्यसैले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ।

जन्माष्टमीका दिन देशभरका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन तथा भजनकीर्तन गर्ने गरिन्छ। यसैगरी महिला तथा पुरुष भक्तजन व्रत बसी रातभर जाग्राम बस्ने प्रचलनसमेत रहेको छ।

पाटनको कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा भक्तजनको विशेष चहलपहल देखिएको छ।

सम्बन्धित समाचार