सांसद खड्काको इमर्जेन्सीमा उपचार जारी, यस्तो छ स्वास्थ्य अवस्था
2k
Shares
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अचानक अस्वस्थ भएर ढलेका सांसद खड्काको वीर अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ। संसद् बैठकका क्रममा प्रेसर हाई भएर ढलेका उनलाई तत्काल वीर अस्पताल पुर्याइएको थियो।
चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको र आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रिया अघि बढाइएको बताइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण चिकित्सकीय मूल्यांकनपछि स्पष्ट हुने जनाइएको छ।
सांसद खड्का अचानक अस्वस्थ भएपछि संसद् बैठकमा समेत केहीबेर अन्योलको अवस्था सिर्जना भएको थियो। अहिले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहकर्मी तथा शुभेच्छुकहरू अस्पताल पुगेका छन्।