सुरुङ उद्धारमा विदेशी प्रविधि र उपकरण भित्र्याउन कुलमानको सुझाव

1.7k Shares

रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि नेपालबाहिरबाट आवश्यक विशेषज्ञता, प्रविधि र उपकरण ल्याउनुपर्ने सुझाव कुलमान घिसिङले दिएका छन्।

उद्धारमा प्राविधिक कठिनाइ देखिएपछि उपलब्ध सबै विकल्प प्रयोग गर्नुपर्ने आवाज उठिरहेको छ। सुरुङभित्र पहुँच बनाउन वैकल्पिक मार्गबाट ड्रिलिङ तथा खन्ने काम अघि बढाउने सम्भावनाबारे समेत प्राविधिक टोलीले अध्ययन गरिरहेको छ।

यसअघि सुरुङमा फसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीको सहयोग लिनुपर्ने मागसमेत उठेको थियो। भारतबाट सुरुङ विज्ञ परिचालन भइसकेको र चीनबाट पनि विज्ञ टोली आउने तयारी रहेको जनाइएको छ।

कुलमान घिसिङ उद्धारस्थलमा पुगेर प्राविधिक अवस्थाबारे जानकारी लिँदै उद्धार प्रयासमा सहयोग गरिरहेका छन्। यस्तो जटिल उद्धारमा नेपालमा उपलब्ध जनशक्ति तथा उपकरणसँगै आवश्यक विदेशी प्रविधि र विशेषज्ञको सहयोग लिनुपर्ने उनको सुझाव छ।

सम्बन्धित समाचार