नेपाललाई भारतको थप राहत, पाँचौँ खेप नेपाल पठाइयो

1.7k Shares

भारतले नेपालका बाढी प्रभावितका लागि पाँचौँ खेपको राहत सहयोग पठाएको छ। भारतले भोटेकोशी बाढीपछि निरन्तर मानवीय सहायता उपलब्ध गराउँदै आएको हो।

काठमाडौँ । रसुवाको भोटेकोशीसहित विभिन्न जिल्लामा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकका लागि भारतले पाँचौँ खेपको राहत सहयोग नेपाल पठाएको छ।

भारतले यसअघि विभिन्न चरणमा राहत सामग्री, उद्धार उपकरण तथा प्राविधिक जनशक्ति नेपाल पठाइसकेको छ। चौथो खेपमा करिब ११ टन राहत सामग्रीसँगै सुरुङ उद्धारका लागि प्राविधिक टोली र डीएनए विश्लेषणका लागि फरेन्सिक विज्ञहरू पठाइएको थियो। उक्त खेपमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइ सामग्रीसमेत थिए।

भारतले बाढीपछि पहिलो चरणमा १० टन, दोस्रो चरणमा ३७.५ टन र तेस्रो चरणमा थप १० टन मानवीय सहायता पठाएको थियो। तेस्रो खेपसँगै भारतबाट नेपाल पुगेको राहत सामग्रीको मात्रा ५७.५ टन पुगेको थियो।

भारतले राहत सामग्रीसँगै सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि ११ सदस्यीय चिकित्सक, प्यारामेडिक्स तथा प्राविधिक टोलीसमेत नेपाल पठाएको थियो। साथै बाढीबाट क्षतिग्रस्त यातायात पूर्वाधार पुनःस्थापनाका लागि बेलीब्रिज र त्यससम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

भोटेकोशी बाढीपछि नेपालमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी रहेका बेला भारतसहित विभिन्न मुलुकबाट मानवीय सहायता आइरहेको छ।

 
 
 
सम्बन्धित समाचार