त्रिशूली नदीको दायाँ किनार हुँदै नुवाकोटको त्रिशूली पारि सडक सञ्चालनमा

1.4k Shares

काठमाडौं । त्रिशूली नदीमाथिका पुलहरूमा क्षति पुगेपछि सडक सञ्जालबाट विच्छेद भएको नुवाकोटको त्रिशूली पारि भूभागलाई पुनः यातायात सञ्जालमा जोडिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारीबाट त्रिशूली नदीको दायाँ किनार हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा ल्याइएको हो।

सडक कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेसी हुँदै त्रिशूली बजारसम्म जोडिएको मन्त्रालयले जनाएको छ।

सडक सञ्चालनमा आएसँगै नुवाकोटका त्रिशूली पारिका धेरै नागरिकको सदरमुकामसँग पुनः सडक सम्पर्क स्थापित भएको छ। यसअघि त्रिशूली नदीमाथिका पुलमा बाढीले क्षति पुर्‍याएपछि उक्त क्षेत्रको सडक सम्पर्क प्रभावित भएको थियो।

नयाँ सडकमार्ग खुलेपछि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन र अत्यावश्यक वस्तुको आवतजावत गर्नसमेत सहज हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याइएको सडकलाई थप व्यवस्थित गर्दै प्रभावित क्षेत्रको यातायात सेवा सहज बनाउने काम भइरहेको छ।

Nuwakot-Trishuli-Paari-1024x552.jpeg

सम्बन्धित समाचार