नेप्से ४३.८९ अंकले घट्यो, २५३ कम्पनीको शेयर मूल्य ओरालो

1.2k Shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.६८ अंकले घटेर ४४४.४३ विन्दुमा पुगेको छ।

त्यस्तै, फ्लोट परिसूचक ३.०२ अंकले घटेर १७२.२४ विन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक २.४१ अंकले घटेर १४९.७७ विन्दुमा कायम भएको छ।

सोमबार ९३ लाख २२ हजार १८५ कित्ता शेयर किनबेच भएका छन्। कुल ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचक घटेका छन्। कुल २१ कम्पनीको शेयर मूल्य बढ्दा २५३ कम्पनीको शेयर मूल्य घटेको छ। चार कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

आज उपकार लघुवित्त, घोराही सिमेन्ट र एनआईसी एसिया डिबेञ्चरका लगानीकर्ता बढी लाभान्वित भएका छन्। त्यस्तै, मैलुङ खोला जलविद्युत्, रसुवागढी हाइड्रोपावर र एमबीएल इक्विटी फन्डका लगानीकर्ताले बढी गुमाएका छन्।

समग्र बजारमा बिक्री चाप बढ्दा नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो।

सम्बन्धित समाचार