बहराइनविरुद्ध मैदानमा उत्रियो नेपाल, सन्दीपले लिए बलिङको निर्णय

2.1k Shares

काठमाडौं । मलेसियामा जारी तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनविरुद्ध पहिला बलिङ गर्ने भएको छ।  मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा भएको टसमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। प्रतियोगिताको पहिलो खेलमै बहराइनलाई पराजित गर्दै सुखद सुरुआत गर्ने लक्ष्य नेपाली टोलीको छ।

जारी प्रतियोगिताको समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। त्यसैले नेपालका लागि समूह चरणका चारवटै खेल महत्त्वपूर्ण मानिएका छन्।

प्रतियोगिताअघि नेपालले मलेसियासँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो। पहिलो अभ्यास खेलमा नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गरेका थिए भने दोस्रो खेलमा ब्याटिङ केही कमजोर देखिएको थियो।

यद्यपि दोस्रो अभ्यास खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई २७ रनले पराजित गरेका थिए। यही लयलाई निरन्तरता दिँदै बहराइनविरुद्ध पनि बलिङबाट दबाब सिर्जना गर्ने नेपालको लक्ष्य देखिन्छ।

सम्बन्धित समाचार