भारतबाट १८ सदस्यीय फरेन्सिक टोली नेपाल आइपुग्यो

1.4k Shares

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका तर पहिचान खुल्न नसकेका शवको डीएनए परीक्षण तथा पहिचानका लागि भारतबाट १८ सदस्यीय फरेन्सिक विशेषज्ञ टोली नेपाल आइपुगेको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार भारतीय फरेन्सिक विज्ञहरूको टोली नेपाल आइपुगेको हो। बाढीमा ज्यान गुमाएका व्यक्तिका शव पहिचानका लागि टोलीले आवश्यक प्राविधिक सहयोग गर्नेछ।

यसैबीच शव व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैली समेत प्राप्त भएको र थप शव थैली आपूर्ति हुने क्रममा रहेको सचिव राईले जानकारी दिएका छन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न स्थानबाट शव फेला पर्ने क्रम जारी छ। पहिचान नखुलेका शवको वैज्ञानिक परीक्षणमार्फत आफन्तलाई पहिचान गर्न भारतीय विशेषज्ञ टोलीको सहयोग लिइएको हो।

सम्बन्धित समाचार