काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बैठक बस्ने भएको हो।
आजको बैठकमा हालैको बाढीबाट प्रभावित नागरिकका लागि विशेष राहत प्याकेज घोषणा गर्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ। रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा प्रभावितको पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आएको छ।
बाढीका कारण विभिन्न जिल्लामा सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस बेपत्ता भएका छन्। नदी किनार तथा विभिन्न जिल्लामा फेला परेका शवको पहिचान र व्यवस्थापनको कामसमेत जारी छ।
मन्त्रिपरिषद्को बैठकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउने, प्रभावित क्षेत्रको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका विषयमा समेत आवश्यक निर्णय गर्ने सम्भावना छ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।