भोटेकोशी–त्रिशूली बाढी : २८९ जनाको शव फेला, खोजी जारी
1.3k
Shares
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म २८९ जनाको शव फेला परेको छ।
दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार चितवनमा सबैभन्दा धेरै १२१ जनाको शव भेटिएको छ। त्यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, नुवाकोटमा १२, पश्चिम नवलपरासीमा १४ र रसुवामा ३ जनाको शव फेला परेको छ।
बाढीले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि विभिन्न स्थानमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नदी किनार, प्रभावित क्षेत्र तथा सम्भावित स्थानहरूमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।
बाढीका कारण नदीको बहावसँगै बगाएर ल्याइएका शव विभिन्न जिल्लामा फेला परिरहेका छन्। खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ।