बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न विदुर पुगे प्रधानमन्त्री शाह

1k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर पुगेका छन्। विदुर पुगेपछि प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै घाइतेहरूसँग भेट गरेका छन्।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। उनीहरू बिहीबार बिहान सडकमार्ग हुँदै विदुर पुगेका हुन्।

प्रधानमन्त्री र मन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, उद्धार, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे जानकारी लिने कार्यक्रम छ।

बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। नुवाकोटको विदुर पनि बाढीबाट प्रभावित क्षेत्रमध्ये एक हो।

बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन्।

सम्बन्धित समाचार