भोटेकोशी बाढीमा बेपत्तामध्ये १७७ जनाको शव फेला

946 Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १७७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपछि खोज तथा उद्धारका क्रममा विभिन्न आठ जिल्लाबाट १७७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन्।

बाढीमा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ। प्रभावित क्षेत्रमा बेपत्ता तथा हराइरहेकाको खोजी र क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार