रसुवा बाढीबारे प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

869 Shares

काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षतिबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा नेपाली सेनाले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे ब्रिफिङ गरिरहेको छ।

बैठकमा बाढीबाट भएको क्षतिको पूर्ण विवरण प्रस्तुत गर्नुका साथै तत्काल उद्धार, राहत तथा व्यवस्थापनका लागि चाल्नुपर्ने कदमबारे आवश्यक निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रसुवामा बिहान आएको बाढीका कारण मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले विद्युत् आयोजना, सबस्टेसन तथा अन्य पूर्वाधारमा समेत क्षति पुर्‍याएको विवरण सार्वजनिक भइरहेका छन्। बैठक बुधबार बिहान ११ः३३ बजेदेखि जारी रहेको थियो।

सम्बन्धित समाचार