नेपालले पहिलोपटक पिकलबल विश्वकप खेल्ने

1.9k Shares

काठमाडौं । नेपालले पहिलोपटक पिकलबल विश्वकप खेल्ने भएको छ। पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागी हुन नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ।

अगस्ट ३० देखि सेप्टेम्बर ६ सम्म आयोजना हुने प्रतियोगिताको सिनियरतर्फ नेपालबाट हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधानले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राणा, सञ्जील कन्साकार र किरण खनाल सहभागी हुनेछन्।

नेपाली टोलीको व्यवस्थापक तथा प्रशिक्षकको जिम्मेवारी सौरभ भण्डारीले सम्हाल्नेछन्। प्रतियोगिताका लागि नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार आयोजित कार्यक्रममा बिदाइ गरेका थिए।

नेपालले पहिलोपटक विश्वकपमा सहभागिता जनाउन लागेको पिकलबललाई पछिल्लो समय नेपालमा पनि खेलाडी तथा खेलप्रेमीबीच लोकप्रिय हुँदै गएको खेलका रूपमा लिइन्छ। विश्वकपमा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।

सम्बन्धित समाचार