प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

1.4k Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ पनि प्रस्तुत गर्ने कार्यसूची छ।यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

 प्रतिनिधिसभाको बैठकसँगै बुधबार विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ। यसअघि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न सांसदले प्रश्न दर्ता गराएका थिए। आजको बैठकमा ती प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिनेछन्।

सम्बन्धित समाचार