पोखरा पुगे प्रधानमन्त्री बालेन, मुस्ताङतर्फ जाने तयारी

1.1k Shares

पोखरा । निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार पोखरा पुगेका छन्। उनी निजी गाडीमार्फत दिउँसो पोखरा पुगेका हुन्।

प्रधानमन्त्री शाह शुक्रबार राति पोखरा नजिकैको अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ। उनको आगमनसँगै रिसोर्ट तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङ जाने तयारीमा रहेको जनाइएको छ। शिलापत्रका अनुसार उनी भदौ ५ गते पोखरा पुगेका हुन्।

सम्बन्धित समाचार