पक्राउ परेको केही घण्टामै जनता टेलिभिजन अध्यक्ष पौडेल रिहा

946 Shares

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल चेक बाउन्स मुद्दामा पक्राउ परेको केही समयपछि रिहा भएका छन्। पूर्वकर्मचारीलाई बुझाउनुपर्ने रकम भुक्तानी गरेपछि पौडेललाई प्रहरीले रिहा गरेको हो।

पौडेललाई बिहीबार काठमाडौंको बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो। चेक बाउन्ससम्बन्धी जाहेरी परेपछि सिंहदरबार प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार पौडेलविरुद्ध पूर्वकर्मचारीले चेक बाउन्ससम्बन्धी उजुरी दिएका थिए। उक्त विवादमा बुझाउनुपर्ने १ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेपछि उनलाई रिहा गरिएको हो।

पौडेल पक्राउ परेको समाचार सार्वजनिक भएपछि सञ्चार क्षेत्रमा समेत यस विषयले चर्चा पाएको थियो। जनता टेलिभिजनमा पूर्वकर्मचारी तथा पत्रकारले पारिश्रमिक नपाएको विषयमा विगतमा पनि विवाद तथा आन्दोलनका समाचार सार्वजनिक हुँदै आएका थिए।

रकम भुक्तानीपछि चेक बाउन्ससम्बन्धी तत्कालको विवाद टुंगिएसँगै पौडेल रिहा भएका हुन्।

सम्बन्धित समाचार