बालिका हत्या विरोधमा वीरगञ्ज–पथलैया सडक अवरुद्ध

1.2k Shares

बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या विरोधमा स्थानीयवासीले गरेको प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ की बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने तथा इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग राख्दै स्थानीयले प्रदर्शन जारी राखेका हुन्।

स्थानीयले बालिका हराएको सूचना समयमै प्रहरीलाई दिए पनि खोजीमा पर्याप्त तत्परता नदेखाएको आरोप लगाएका छन्। शव भेटिएपछि मात्रै प्रहरीले अनुसन्धान अघि बढाएको भन्दै उनीहरूले प्रहरीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

सडक अवरोध हटाउने विषयमा स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच बुधबार रातिसम्म पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेन। प्रशासनले डीएसपीलाई निलम्बन गर्ने माग जिल्ला तहबाट सम्बोधन गर्न नसकिने जनाएको छ। सडक अवरुद्ध हुँदा वीरगञ्ज–पथलैया सडकखण्डमा यातायात प्रभावित भएको छ।

सम्बन्धित समाचार