मकवानपुरको जुरिखेतमा जिप दुर्घटना, ६ जना सवार

1.1k Shares

२ भदौ, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा जिप दुर्घटना भएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट भिरमा खसेको हो । दुर्घटनामा जिपमा ६ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै भीमफेदी इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार कार्य अघि बढाएको जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भए/नभएको तथा घाइतेको अवस्थाबारे यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणसमेत खुल्न सकेको छैन । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

 
 
 
सम्बन्धित समाचार