बाढी–पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट उत्पादन बन्द

1.1k Shares

बाढी र पहिरोका कारण म्याग्दीमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन्। सडक तथा पहुँचमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानीमा समस्या भएको छ।

बाढीका कारण ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ भने सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि १४ मेगावाट क्षमताको खारखोला जलविद्युत् आयोजनाको उत्पादनसमेत ठप्प भएको छ। यसरी करिब २० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको हो।

धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी–१, माथिल्लो म्याग्दी, म्याग्दी खोला, मुदीखोला र दरखोला लगायतका आयोजनाको निर्माण कार्यसमेत बाढी–पहिरो र सडक अवरोधका कारण प्रभावित भएको जनाइएको छ।

सम्बन्धित समाचार