काठमाडौँमा घर भए पनि आधा आवास रकम पाउने कानुनी व्यवस्था छ

855 Shares

संङ्घीय संसद् सचिवालयले सांसदहरूलाई दिइने आवास सुविधाबारे उठेका प्रश्नमा स्पष्टीकरण दिएको छ। सचिवालयका अनुसार काठमाडौँमा आफ्नै घर भएका सांसदले पनि आवासबापतको सुविधाको आधा रकम पाउने व्यवस्था प्रचलित कानुनमै रहेको हो।

सचिवालयले सांसदको आवास सुविधासम्बन्धी व्यवस्था कानुनअनुसार नै कार्यान्वयन भइरहेको जनाएको छ। काठमाडौँमा घर भएका सांसदलाई पूर्ण आवास सुविधा उपलब्ध नगराई कानुनले तोकेको आधा रकम दिने व्यवस्था रहेको उसको भनाइ छ।

यसअघि काठमाडौँमै घर भएका सांसदहरूले समेत आवास सुविधा लिएको विषय सार्वजनिक भएपछि यसको औचित्य र कानुनी आधारबारे प्रश्न उठेको थियो। सचिवालयले भने आफूले कानुनमा तोकिएको व्यवस्थाअनुसार सुविधा उपलब्ध गराएको स्पष्ट पारेको हो।

सम्बन्धित समाचार