साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै

1.2k Shares

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा गर्ने भएको छ। कर प्रशासनमा करदाताको सहभागिता बढाउने तथा समयमै कर तिर्ने करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार घोषणा गर्न लागिएको हो।

विभागका अनुसार पछिल्लो समय करदाता सहभागितामा उल्लेख्य वृद्धि भएको छ। नियमित रूपमा कर विवरण बुझाउने र समयमै कर दायित्व पूरा गर्ने करदातालाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिँदै आएको छ।

साउनको दोस्रो पाक्षिक अवधिमा पुरस्कारका लागि सहभागी हुने करदाताको संख्यामा समेत अघिल्लो अवधिको तुलनामा उछाल आएको विभागले जनाएको छ। कर प्रणालीप्रति नागरिक तथा व्यवसायीको सहभागिता बढ्दै गएको संकेतका रूपमा यसलाई हेरिएको छ।

आज घोषणा हुने पुरस्कारमा छनोट भएका करदाताको विवरण विभागले सार्वजनिक गर्नेछ। करदाता प्रोत्साहन कार्यक्रमले कर तिर्ने संस्कारको विकाससँगै कर प्रशासनप्रति नागरिकको विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार