काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको छ। श्रेष्ठको रिहाइ तथा प्रेस स्वतन्त्रताको पक्षमा महासंघले आयोजना गरेको धर्नामा पत्रकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको सहभागिता रहेको थियो।
पत्रकार महासंघले श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको हो। महासंघले पत्रकारको पक्राउ तथा प्रेसमाथिको हस्तक्षेपले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा असर पार्ने भन्दै विरोध जनाएको छ।
श्रेष्ठको रिहाइको माग गर्दै पत्रकारहरू प्रहरी परिसरमै पुगेर धर्नामा बसेका हुन् । महासंघले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारलाई निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। धर्नामा पत्रकारसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको समेत सहभागिता थियो।
वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै धर्नामा बसेका पत्रकारहरूले गृहमन्त्री सुधन गुरुङविरुद्ध नाराबाजी गरेका छन्। नेपाल पत्रकार महासंघले श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौं प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको हो। धर्नामा सहभागी पत्रकारहरूले गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्।
धर्नामा पत्रकारसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको पनि सहभागिता रहेको छ। श्रेष्ठलाई पक्राउ गरिएको घटनाको विरोध गर्दै महासंघले तत्काल रिहाइको माग गर्दै आन्दोलन अघि बढाएको हो।
श्रेष्ठको पक्राउ तथा त्यसपछि जनआस्थाको कार्यालयमा प्रहरीले गरेको खानतलासीको विरोधमा पत्रकार महासंघले विरोधका कार्यक्रमलाई निरन्तरता दिएको हो।