सानीभेरीमा दाउरा निकाल्न खोज्दा युवा बेपत्ता

1.4k Shares

रुकुमपश्चिम। रुकुमपश्चिमको सानीभेरी नदीमा डुबेर एक युवा बेपत्ता भएका छन् ।

सानीभेरी गाउँपालिका–१ टाउँकेलेखका २८ वर्षीय प्रेम रोकाय बुधबार बिहान नदीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा रोकाय नदीमा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी टोली र स्थानीयवासीले नदीमा बेपत्ता रोकायको खोजी कार्य सुरु गरेका छन् । नदीको बहाव र भौगोलिक अवस्थाका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता रोकायको अवस्था पत्ता लगाउन प्रहरीले सम्भावित स्थानमा खोजीलाई तीव्रता दिएको जनाएको छ ।

सम्बन्धित समाचार